२२ बैशाख २०८१, शनिबार

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले बोर्डबाट पाउने सेवा सुविधा बढाइने

प्रकाशित मिति :  10 August, 2023 7:34 am


काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए।

बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै सचिव भण्डारीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पु-याउने तयारी रहेको जानकारी गराए। 

उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य वृद्धि गर्ने बताए। नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्री परिषद्मा लग्ने तयारी रहेको जानकारी गराए।
भण्डारीले भने, “अध्यागनम, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको ईस्युको कारण भइरहेका ढिलाई केही समयमा निस्कर्षमा पुग्छौं । कति सेवा सुविधा वृद्धि गर्न सकिन्छ एउटा टिमले अध्ययन गरिहेका छौं । ७ लाखलाई १० वा १५ गर्न सकिन्छ की ? २०६७ सालको ७ लाख अहिले कम भएको छ । त्यसले पाउने २५ हजार पनि कम भएको छ । त्यसलाई पनि उल्लेख्यय बनाउने भन्ने छ ।”

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए। उनले व्यवसायीहरुबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगि गर्नेहरुलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने बताए।

मंगलवार मात्रै नक्कली कागज बनाएर ठगि गर्ने मेनपावरको इज्जातपत्र नै खारेज गरेको दाहालले जानकारी गराए। उनले मंगलवार टी स्क्वायर प्राइभेट लिमिटेड मेनपावरको इज्जातपत्र खारेज गरेको जानकारी दिए । 

व्यवसायीहरु नै वैदेशिक रोजगारीमा जानेहरुलाई ठगि गर्ने कार्यमा सहभागिता रहेको बताए। उनले मुलुकी संहितामा भएको मेलमिलाप सम्बन्धिको नीति नै ठगि रोक्न बाधक रहेकाले ५ करोड रुपैयाँ ठगि गरेपनि मेलमिलापको नीतिले ५ करोड फिर्ता गरेपछि सकिने रहेकाले ठगि गर्न प्ररित गरिरहेको बताए।



प्रतिक्रिया दिनुहोस !