६ जेष्ठ २०८१, आइतबार

एशिया कप क्रिकेटः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

प्रकाशित मिति :  30 August, 2023 9:18 am


काठमाडौँ । एशिया कप क्रिकेटको उद्घाटन खेलमा बुधवार (आज) नेपाल र पाकिस्तान भिड्दैछन् ।

पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले पाकिस्तानसँग खेल्दै एशिया कपमा डेब्यु गर्दैछ । नेपालले पाकिस्तानसँग खेल्न लागेको यो नै पहिलो पटक हो ।

एकदिवसीय विश्वकप लिग टुका पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो ।

पाकिस्तान विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजमको नेतृत्वमा मैदान उत्रनेछ भने नेपाली क्रिकेट टिमलाई रोहित पौडेलले नेतृत्व गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !