भारतविरुद्धको खेलका लागि श्रीलंका पुग्यो नेपाली टिम
प्रकाशित मिति : 31 August, 2023 2:40 pm

काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत भारतसँगको खेलका लागि नेपाली टोली श्रीलंका पुगेको छ । नेपाली टोली बिहीबार बिहान श्रीलंका पुगेको हो । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।
भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि उसले खेल्ने खेलका लागि श्रीलंकामा व्यवस्थापन भएको हो । यसअघि समूहको पहिलो खेलमा नेपाली टोली बुधबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।
भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।