६ जेष्ठ २०८१, आइतबार

चुम्बन विवादमा परेका स्पेनिस एफएका अध्यक्ष रुबियालेस दिए राजीनामा

प्रकाशित मिति :  11 September, 2023 8:14 am


काठमाडौँ । महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् ।

महिला विश्वकपको फाइनलमा इग्ल्याण्डलाइ १-०ले हराएर स्पेलने उपाधि जितेको थियो । साे पुरस्कार वितरण समारोहमा रुबियल्सले सहमतिबिना चुम्बन गरेको हरमोसोले बताउँदै मंगलबार रुबियालेसविरुद्ध उजुरी दर्ता गरेकी थिइन् ।

चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष रुबियालेसले आफ्नो राजीनामा कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई बुझाएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !