२५ बैशाख २०८१, मंगलबार

क्रिकेट खेलाडीको पुरस्कार रकम अझै आएन, तर आशावादी छौँ : कप्तान पौडेल

प्रकाशित मिति :  24 September, 2023 1:02 pm


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् ।

एसियाली खेलुकदमा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौँमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी रहेको उल्लेख गरे ।

उनले एसियाडका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरेको बताए । एसियाली खेलकुदलाई लिएर सबैजना उत्साही रहेको उनले सुनाए । आफूहरूको लक्ष्य मेडल जित्ने रहेको उनले बताए ।

कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता उनले जनाए । उनले यो प्रतियोगिताले ट्वान्टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए ।

उनले भने, “तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिनयता हामी अभ्यासमा नै व्यस्त छौँ । एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भए पनि, बलियो वा कमजोर जस्तो भए पनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टी–२० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टी–२० क्वालिफायरभन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ । निकै महत्त्वपूर्ण हुनेछ ।”



प्रतिक्रिया दिनुहोस !