२५ बैशाख २०८१, मंगलबार

पारस र चन्दसँगको छलफलपछि चीन जान तयार भए सन्दीप

प्रकाशित मिति :  26 September, 2023 8:03 am


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आज एसियाली खेलकुदका लागि चिन प्रस्थान गर्दैछन्। बलत्कार मुद्दामा पछिल्ला दुई पेशी अदालतले रोकेका कारण उनी रोकिनुपरेको थियो ।

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्नका लागि तयार नभएको भन्दै चिन नजाने अडानमा थिए। तर नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र क्यानका सचिव पारस खड्कासँग गएराति छलफल पछि उनी चीन जान तयार भएका हुन्।

सचिव खड्काले देशको प्रतिनिधित्वको विषय भएकाले सन्दीपलाई चीन जान आग्रह गरेका थिए। सन्दीप आजै एयर चाइनको विमानबाट १२स्२० मा चीन प्रस्थान गर्न तयार भएका हुन्।



प्रतिक्रिया दिनुहोस !