२६ बैशाख २०८१, बुधबार

मंगोलियालाई नेपालले दियो ३ सय १५ रनको लक्ष्य

प्रकाशित मिति :  27 September, 2023 9:42 am


काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको छ । पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको हो ।

समूह एको खेलमा सुरुआती ब्याटिङ गरेको नेपालले ३ सय १४ रन बनाएको छ । मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले । उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन् । रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।

कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउदा दिपेन्द्रले १० बलमै नटआउट अर्धशतक प्रहार गरे । दिपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् ।कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।



प्रतिक्रिया दिनुहोस !