२५ बैशाख २०८१, मंगलबार

एशियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेनः कप्तान पौडेल

प्रकाशित मिति :  5 October, 2023 2:09 pm


काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले प्रतियोगितामा सोचेजस्तो नतिजा नआएको बताए ।

उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । विश्व रेकर्ड बन्दा भने टिम धेरै नै खुसी भएको उनले बताए । आउने दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनले बताए । टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताए ।

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी लागेको बताए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । अनुभव बटुल्ने मौका भएकाले आगामी खेलमा झनै राम्रो गर्ने उनले बताए ।

एसियाड गेममा सहभागी भई स्वदेश फर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !