१५ बैशाख २०८१, शनिबार

इजरायल–गाजाको सीमावर्ती कृषि फार्ममा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा सारियो

प्रकाशित मिति :  11 October, 2023 8:01 am


काठमाडौँ । इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

त्यस्तै इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुतावासका अनुसार नेपाल फर्कन चाहने तीन सय ५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् । उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया शुरु गरेको जनाएको छ ।

शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको र तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा व्यापक खोजी भइरहेको छ दुतावासले जनाएको छ ।

साथै इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई संयम रहदै निरन्तर दुतावाससंग समन्वय र सहकार्य गर्न तथा स्थानिय सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !