२६ बैशाख २०८१, बुधबार

म्याराथन विजेतालाई इनड्राइभकाे इभी स्कुटर उपहार

प्रकाशित मिति :  15 October, 2023 8:35 am


काठमाडाैँ । इनड्राइभले १५ औँ काठमाडौँ म्याराथनमा फुल  म्याराथन दौडने विजेता श्री होमनाथ श्रेष्ठलाई इभी स्कुटर उपहार प्रदान गरेको छ। 

काठमाडौँ म्याराथन, एक प्रतिष्ठित कार्यक्रम जसले नेपालभरका खेलाडीहरू र उत्साहीहरूलाई एकैसाथ ल्याउने कार्यक्रम हाे। एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौँ म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा चलिरहेकाे छ।

खेलकुदप्रति सम्मान गर्दै इनड्राइभले इनड्राइभले ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गरेकाे छ। इनड्राइभ वैकल्पिक यातायातको विकासमा सहयोग गर्ने ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो । 

एनआरएस स्पोर्टस फाउन्डेसनसँग इनड्राभइले सहकार्य गरेकाे छ। युवा तथा शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न इनड्राइभले काठमाडौं म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएर सहयोग गरेको हाे।

इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासहरूको एक हिस्सा अन्तर्गत सहयाेग गरिएकाे हाे। इनड्राइभले सहयाेग गर्ने अर्काे कार्यक्रम किप फिट सर्किट तालिम आगामी ३१ अक्टोबरसम्म काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, थिमी, पोखरा, हेटौंडा र बुटवलमा सञ्चालन रहने जनाइएकाेछ।

इनड्राइभको हेड अफ स्पोट्स, श्री अन्ना फेडोरचकले यस कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै गरिन्।, “आज तपाईंहरूको अगाडि उभिन पाउँदा र अविश्वसनीय रुपमा काठमाडौं म्याराथनमा सहभागी हुन पाएकोमा म साँच्चै खुसी छु,” शनिवारकाे कार्यक्रमपश्चात उनले भनिन्, “यस कार्यक्रमले मेरो हृदयमा विशेष स्थान राखेको छ । काठमाडौं म्याराथन खेलकुद प्रतियोगिता मात्र नभई, यो खेलाडीबीचको मानवीय दृढता, भावना र एकताको उत्सव हो। यसले सबै सीमाना पार गर्दै, जीवनका सबै क्षेत्रका व्यक्तिहरूलाई एकताबद्ध गर्छ, र खेलकुदको शक्ति प्रदर्शन गर्छ।” 

इनड्राइभले हाल ‘योरपेस’ परियाेजना चलाइरहेकाे छ। जस अन्तर्गत नै ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गरिरहेकाे छ। फुल म्याराथन दौडिएका १५औँ काठमाडौं म्याराथनका विजेता श्री होमनाथ श्रेष्ठले भने, “म यो म्याराथनमा  भाग लिई बिजेता हुन पहुदा खुसि छु साथै ईभी स्कुटरको लागि इनड्राइभलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु”।



प्रतिक्रिया दिनुहोस !