२५ बैशाख २०८१, मंगलबार

युवा संघ नेपालले पब्जी प्रतियोगिता गर्ने, विजेतालाई २ लाख रुपैयाँ

प्रकाशित मिति :  17 October, 2023 3:50 pm


काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ ।

खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताए ।

उनले खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।



प्रतिक्रिया दिनुहोस !