६ जेष्ठ २०८१, आइतबार

नेपाललाई यू–१९ प्रिमियर कपको उपाधि

प्रकाशित मिति :  24 October, 2023 4:03 pm


काठमाडौं । नेपालले यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो ।

खेल वर्षाले प्रभावित भएपछि २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक नबनाई आउट भए ।

नेपालका लागि आकाश त्रिपाठीले ४, सुभाव भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !