२५ बैशाख २०८१, मंगलबार

नेपाल र युएईबिचको खेल घरमै बसेर हेर्नुस् : नेपाल क्रिकेट संघ

प्रकाशित मिति :  2 November, 2023 4:47 pm


काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार हुने नेपाल र युएईबिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न अनुरोध गरेको छ ।

आईसिसि मेन्स टि ट्वान्टी वल्र्ड कप फाइनल एसिया अन्तर्गत शुक्रबार मुलपानीमा हुने नेपाल र युएईबिचको खेल घरमै बसेर हेर्नको लागि संघले अनुरोध गरेको हो ।

संघले मैदानमा टिकट बुथ नहुने र निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आइएमई पे एप मार्फत काट्न अनुरोध गरेको छ ।

नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिहरुलाई समेत पास वितरण नगरेकोले घरमै बसेर खेल हेरेर सहयोग गर्नको लागि संघले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !