२५ बैशाख २०८१, मंगलबार

टस जितेकाे यूएईले नेपालविरुद्ध ब्याटिङ गर्ने

प्रकाशित मिति :  3 November, 2023 10:46 am


काठमाडौँ । टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेको युएईले ब्याटिङ रोज्दै नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।

नेपालले आजको खेलमा दीपेन्द्र सिंह ऐरीलाई सुरुवाती ११ मा समावेश गरेको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको हो । पहिलो खेलअघि वार्मअपका क्रममा घाइते भएका दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।

नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाउने छ ।



प्रतिक्रिया दिनुहोस !