२५ बैशाख २०८१, मंगलबार

यूएईले दियो १३५ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति :  3 November, 2023 12:51 pm


काठमाडौँ । टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १३४ रनको योगफल तयार पारेको हो ।

ब्याटिङतफै यूएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाउदा अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ नेपालका कुशल मल्लले तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिए । सन्दीप लामिछानले एक मेडनसहित दुई विकेट लिए ।

यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाउने छ ।



प्रतिक्रिया दिनुहोस !