१५ बैशाख २०८१, शनिबार

नेपाल कोरिया सम्बन्धको ५० वर्ष, नेपाली कामदारलाई कोरियाली नागरिक सरह सुविधा दिन आग्रह

प्रकाशित मिति :  18 November, 2023 7:48 am


काठमाडौँ। संघीय सांसद प्रदिप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिने र कामको अवधि पछि पेन्सन दिन कोरियासाग आग्रह गरेका छन्।

नेपाल कोरिया पार्लियामेंट्री एक्चेन्ज कमीटीले शुक्रवार कोरियाको राजधानी सिओलको नेशनल एसेम्ली हाउसमा आयोजन गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, “राम्रो आचरणमा रहेर काम गरेका काम गर्न आएको समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकार संग समन्वय ग्गरेर यहिबाट भिसा थप हुने ब्यबस्था गरेर सहयोग गर्न  आग्रह गर्दछु ।”

नेपाल र दक्षिण कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष पुगेको अवसरमा बिशेष कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रम नेपाल कोरिया पार्लियामेंट्री कमीटीका अध्यक्ष ली साङ ह्योनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपालको संघीय संसदबाट प्रतिनिधित्व गर्दै सांसद प्रदिप पौडेलले सम्बोधन गरेका हुन्।

सम्बोधनका क्रममा पौडेलले दक्षिण कोरियाले विशेषगरी विज्ञान र प्रविधि, उद्योग तथा पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले कति छिटो छिटो विकास गर्दै गएकोमा प्रशंसा व्यक्त गर्दै उल्लेखनीय प्रगति नेपालजस्ता राष्ट्रका लागि ठूलो प्रेरणाको श्रोत बनेको बताए।

उनले भने, “हामी सामाजिक(आर्थिक विकासमा पनि अघि बढिरहेका बेला कोरियाका अनुभवहरूबाट सिक्नुपर्ने धेरै बिषयहरू छन् । कोरियाको सफल रणनीतिलाई आत्मसात गरी कार्यान्वयन गरेर हामीले नेपाललाई दिगो विकास र विकासतर्फ लैजान सक्छौँ ।”

पौडेलले नेपाल र कोरियाबीच कनेक्टिभिटी बढाउने र दुवै देशका बीचमा सिधा हवाई उडानहरू दुबै तर्फका ध्वजाबाहकहरूलाई उडान स्वीकृति प्राधान गरि सुचारु गर्नुपर्नेमा जोड दिए। 

सीधा उडान भएपछि सम्वन्ध झनै  जीवन्त हुने र  सांस्कृतिक, व्यापारिक र पर्यटनको आदानप्रदान बढ्ने विश्वास पौडेलको छ। यात्राको सहजताले उद्यमीहरू र लगानीकर्ताहरूलाई आर्थिक वृद्धि र विविधीकरणमा योगदान गर्दै एकअर्काको देशहरूमा अवसरहरू अन्वेषण गर्न सहोग पुग्ने बताए।

पौडेलले नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। नेपालमा लगानी र उद्योगको ढोका खोल्नु नेपालको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण हुने ठहर गर्दै कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गरेका हुन्।

उनले भने, “हामी दुबै राष्ट्रलाई फाइदा हुने अवसरहरू सिर्जना गर्न सक्छौं । त्यसैले म कोरियाली लगानीकर्ताहरूलाई बिश्वास दिलाउन चाहन्छु कि नेपाल तपाईंहरुको लगानीलाई प्राथमिकतामा राखेर  सुव्यवस्थित प्रक्रिया र प्रोत्साहनका साथ लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न प्रतिबद्ध छ ।” 

सम्बोधनको क्रममा पौडेलले जलवायु परिवर्तन एक विश्वव्यापी चुनौती बनेको चर्चा गरे । दुबै राष्ट्रहरू अन्य देशहरूसँग सहकार्य गर्दै, मानव जातिको रक्षा गर्दै सुन्दर भविष्यको लागि सँगै उभिन उले आव्हान गरे।

नेपाल प्राकृतिक पवित्रता,  धार्मिक सम्पदा, विभिन्न जातजाति तथा समुदायका कला, साहित्य र संस्कृतिले सम्पन्न भएकाले पर्यटन र सांस्कृतिक बन्धनमा वृद्धि गर्न कोरियासँग अनुरोध गरे।

उनले भने, “पर्यटनको थप विकास गरेर हामीले, हाम्रा राष्ट्रहरू बीचको सांस्कृतिक सम्बन्धको विकास गरेर अटूट बन्धन बनाउँन सक्छौं जसले हाम्रो भौगोलिक सिमाना भन्दा माथि उठेर हाम्रा नागरिकलाई आध्यात्मिक स्तरमा समेत जोड्ने छ ।” 

नेपाल आफैमा हिमालयको देश भएको र यहाँका भव्य हिमालको आकर्षण र बुद्धको जन्मस्थल लुम्बिनीको आध्यात्मिक ज्यतिले जो कोहीको मन लोभ्याउने भएकाले कोरियाली पर्यटक पनिका लागि पनि नेपाल महत्वपूर्ण गन्तव्य बन्न सक्ने जोड पौडेलको छ।

उनले भने, “मलाई विश्वास छ, नेपालका हिमाल, खोला, नाला, पाहाड र प्रकृतिक सुन्दरताले कोरियाली पर्यटकको हृदय मोहित गर्नैछ । नेपालका प्राकृतिक सुन्दरता कोरियाली पर्यटकहरूका लागि ज्योतिको रूपमा स्वागत गर्न उभिएका छन्।” 

नेपाल र कोरिया सम्बन्ध थप प्रगाढ पार्न यसअघि भएका प्रयासहरूको उच्च प्रशंसा गर्दै थप प्रगाढताका लागि आव्हान गरेका छन्।

पौडेलले पश्चिम नेपालको जाजरकोट केन्द्र बिन्दु भई गएको भुकम्पका कारण जनधनको अकल्पनिय क्षती भएको जानकारी गराउँदै प्रभावितहरुको लागि राहत र पुर्नस्थापनाका लागि सहयोग गर्न दक्षिण कोरिया सरकार र कोरियामा रहने नेपालीलाइ सहयोगका लागि आव्हान गरेका छन्।



प्रतिक्रिया दिनुहोस !