२५ बैशाख २०८१, मंगलबार

शीर्ष स्थानमा उक्लियो आर्सनल, पछि परे सिटी र लिभरपुल

प्रकाशित मिति :  26 November, 2023 8:29 am


काठमाडौं । ब्रेन्टफर्ड विरुद्ध अन्तिम मिनेटमा जित निकाल्दै आर्सनल इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि शीर्ष स्थान रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको लिभरपुलले बराबरी खेलेपछि तेस्रो स्थानमा रहेको आर्सनलले शीर्ष स्थानमा उक्लिने मौका पाएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा जर्मन फरवार्डर काई हाभर्ट्जले खेलको अन्तिम मिनेटमा गरेको गोलको मद्दतमा तीन अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ४२औं मिनेटमा आर्सनलका ट्रोसार्डले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई अफसाइड भएका कारण रद्द गरेपछि आर्सनल अग्रता लिन बाट चुकेको थियो। यता ७७औं मिनेटमा निल मपेको प्रहार आर्सनलका डिफेन्डर ओलेक्जान्डर जिन्चेन्कोले गोल लाइन बाट बचाएका थिए ।

८९औं मिनेटमा भने आर्सनलले अग्रता लियो। बुकायो साकाको क्रसमा हेडर मार्फत गोल गर्दै हाभर्ट्जले बलको जाली चुम्दैँ आर्सनलले तीन अंक दिलाए।

जित पछि पहिलो स्थानमा उक्लिएको आर्सनलको १३ खेलमा ३० अंक छ। दोस्रो र तेस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलको क्रमसः २९ र २८ अंक छ।



प्रतिक्रिया दिनुहोस !