१६ बैशाख २०८१, आइतबार

युद्धविरामको दोस्रो दिन हमासले छाड्यो थप १७ बन्धक

प्रकाशित मिति :  26 November, 2023 10:18 am


काठमाडौँ । प्यालेस्टाइनको अतिवादी समूह हमासले गाजामा युद्धविराम भएको दोस्रो दिन १७ बन्धक छाडेको छ। जसमध्ये १३ जना इजरायली र चार जना थाई नागरिक रहेका छन्।

बदलामा इजराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। जसमध्ये ६ जना महिला छन् भने बाँकी सबै १८ वर्ष मुनिका बालबालिका छन्। योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इजराइलको जेलबाट मुक्त भएका छन्।

कतारको मध्यस्थतामा शुक्रबार बिहानदेखि चार दिनका लागि हमास र इजरायलबीच युद्धविराम भएको छ। अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गरी २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गाजा लगेको थियो।

हमासले गरेको आक्रमणबाट गाजामा १३ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !