२५ बैशाख २०८१, मंगलबार

स्याङ्जाको अर्जुनचौपारीमा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव हुने

प्रकाशित मिति :  28 November, 2023 1:08 pm


काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । गाउँपालिका स्थापना भएकाे साताैं वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, सटफुट हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्ररछात्रा हुने छ भने हाजिरीजबाफ, चम्चारेस, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेसलगायतका प्रतिस्पर्धा हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत अषिश शर्माले बताए ।

राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा छ माविसहित २८ विद्यालयका ३३० जना विद्यार्थी सहभागी हुनेछन् । राष्ट्रपति कपको जिल्लास्तरीय प्रतिस्पर्धामा व्यक्तिगततर्फ प्रथम र द्वितीय तथा भलिबलमा एक टिम सहभागी हुने पालिकाले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !