२५ बैशाख २०८१, मंगलबार

स्याङ्जाको भीरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित मिति :  29 November, 2023 1:08 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिकाले हरेक बर्ष आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्ष मंसिर १६ गतेदेखि १८ गतेसम्म गर्ने भएको छ।

नगरपालिकाको नगर शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । १६ गतेबाट सुरू हुने प्रतियोगितामा ५ संस्थागत र १२ सामुदायिक गरि १७ विद्यालय सहभागी हुने शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले जानाकारी दिए ।

प्रतियोगितामा नगरभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरूका १८ वर्ष उमेरका विद्यार्थीहरूले भाग लिन पाउनेछन् ।
विद्यालय तहका विद्यार्थीहरूमा खेलकुदको अभिरुची वृद्धि गर्दै खेलका माध्यमबाट भातृत्वको विकास गर्ने उद्धेश्यका साथ प्रतियोगितको आयोजना हुने भएको नगरपालिकाले जनाएका छ ।

चार दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, ऐथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिन थ्रो र सटपुट छात्र र छात्राबिच कडा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !