२१ बैशाख २०८१, शुक्रबार

रियलको सहज जित, शीर्षस्थान कायमै

प्रकाशित मिति :  3 December, 2023 8:58 am


काठमाडौं । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले स्पेनिस सहज जित हात पारेको छ । रियलले घरेलु मैदानमा ग्रानडामाथि २–० को सहज जित हात पारेको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ब्राहिम डियाज र रोड्रिगोले गोल गरे ।

२६औं मिनेटमा डियाजले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । त्यस्तै, ४२औं मिनेटमा जुड बेलिङहम चुक्दा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ५७औ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

यस जितसँगै रियल शीर्षस्थानमा कायम छ । रियलले जिरोनालाई हेड टु हेड र गोल अन्तरमा पछि पारेको छ । रियलको १५ खेलबाट १२ जित, २ बराबरी र १ हारका साथ ३८ अंक छ । जिरोनाको पनि समान खेलबाटै समान अंक छ । पराजित ग्रानडा १५ खेलबाट ७ अंक जोडेर १९औं स्थानमा छ ।

जिरोनाले शनिबार राति नै भ्यालेन्सियालाई २–१ ले पराजित गर्दै यो सिजन आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !