१७ बैशाख २०८१, सोमबार

चीनमा ६.२ रेक्टरको भूकम्प, एक सयभन्दा बढीको मृत्यु

प्रकाशित मिति :  19 December, 2023 8:30 am


काठमाडौँ । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परी एक सय १० जनाको मृत्यु भएको छ। भूकम्पबाट दुई सय भन्दा बढी घाइते छन् ।

सोमबार राति गान्सु प्रान्तमा ६.२ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। युएसजीएसका अनुसार लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा भूकम्प गएको हो ।

भूकम्पले भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै मानिस पुरिएको आशंका गरिएको छ। भूकम्पपछि यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ ।



प्रतिक्रिया दिनुहोस !