२१ बैशाख २०८१, शुक्रबार

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै

प्रकाशित मिति :  28 December, 2023 9:41 am


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार जाहेरवाला पक्षको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।

आइतबारदेखि सुरु भएको बहसमा बुधबार सन्दीप पक्षका कानुन व्यवसायी मुरारी सापकोटाले बहस गरिरहँदा समय सकिएपछि आजदेखि निरन्तर बहस हुनेछ ।

सापकोटापछि सन्दीप पक्षका तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्ने तयारी रहेको छ ।

जाहेरवाला किशोरीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियार तथा अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायण चौलागाईं, प्रतिमा कँडेल खरेल र लेखनाथ भट्टराईले बहस गरेका छन् ।

अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो। आज बहस सकिए आजै नत्र शुक्रबारसम्म फैसला हुने सम्भावना रहेकाे छ।



प्रतिक्रिया दिनुहोस !