२१ बैशाख २०८१, शुक्रबार

नेपाल सुपर लिगलाई यामाहाको ‘हेलमेट र्‍याक’

प्रकाशित मिति :  29 December, 2023 1:30 pm


काठमाडौँ । यामाहाको रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ ।

खेल हेर्न आउने दर्शकहरूको हेलमेट सुरक्षित रूपमा राख्न सहयोग पुगोस् भन्ने उदेश्यले हेलमेट र्‍याक उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले उपलब्ध गराएको र्‍याकले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूले आफ्नो हेडगियर राख्न सक्ने र ढुक्क भएर फुटबलको मजा लिन सक्ने विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस !