२१ बैशाख २०८१, शुक्रबार

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्र, प्रिन्स र रशिलाले जिते उपाधि

प्रकाशित मिति :  31 December, 2023 11:29 am


पोखरा । दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् ।

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे ।

मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नं ३ ¥याकिङ खेलाडी प्रफुल महर्जनलाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् ।

त्यसै गरी प्रतियोगितामा नेपाल पुलिस क्लवका विष्णु कटुवाल र एपिएफ क्लवका क्षितिज खनाल तेश्रो भएका छन् । उपविजेता प्रफुलले नगद २० हजार तथा विष्णु र क्षितिजले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा जनही समान नगद १०–१० हजार हात पारे ।

महिला सिंंगल्सको फाइनलमा नेपाल १ ¥याकिङ त्रिभुवन आर्मी क्लवकी रशिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१५ ले हराइन् । त्यसै गरि प्रतियोगितामा आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी भएका छन् ।

उपविजेता अनुमायाले नगद २० हजार तथा अमिता र सिमाले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा जनही समान नगद १०–१० हजार हात पारे ।



प्रतिक्रिया दिनुहोस !