२२ बैशाख २०८१, शनिबार

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी,सात घर जलेर नष्ट

प्रकाशित मिति :  2 May, 2020 8:34 am


ताप्लेजुङ,२० वैशाख ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति भएको आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए ।

फुङलिङको भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भईनसकेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानवीय क्षति भने भएन । आगलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !