२१ बैशाख २०८१, शुक्रबार

न्युक्यासललाई हराउँदै शीर्षमा उक्लियो लिभरपुल

प्रकाशित मिति :  2 January, 2024 9:36 am


काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युक्यासल युनाईटेडलाई हराउँदै अंकतालिकाको शिर्षस्थानमा उक्लिएको छ ।

सोमबार लिभरपुलले एनफिल्ड मैदानमा न्युक्यासलमाथि ४–२ को शानदार जित निकालेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले दुई तथा जोन्स र गाक्पोले समान एक एक गोल गरे ।

न्युक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटमेनले एक एक गोल फर्काएपनि जितका लागि पर्याप्त भएन ।



प्रतिक्रिया दिनुहोस !