२२ बैशाख २०८१, शनिबार

अरबको अनिवार्य वायोमेट्रिक प्रणाली हटाउन माग

प्रकाशित मिति :  9 January, 2024 6:48 am


काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदार र व्यवसायीले भोग्दै आएको अनावश्यक झन्झट हटाउन माग गरेको छ ।

संघले सोमवार पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीलाई सहज बनाउन माग गरेको हो । संघले वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रिक कुटनैतिक पहल गरी हटाउन माग गरेकाे छ।

साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्नेगरी अनिवार्य गरेको बायोमेट्रीक कुटनैतिक पहल गरी हटाउनुपर्ने व्यवसायीले माग गरकेा हुन्।

व्यवसायीहरुलाई सिण्डिकेट गर्नेगरी बिचौलियालाई फाइदा हुनेगरी वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको सम्झौता खारेज गर्नुपर्ने माग गरे।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता अव्यवहारिक र गम्भिर विषय भएकाले खारेज गर्न माग गरेका हुन्।

निःशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउनुपर्ने पनि माग संघले राखेको उनले बताए।

संघले अभिमुखीकरण तालिमको नयाँ मापदण्डअनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र एल टी नो अगाडि नै तालिमको व्यवस्था मिलाउनुपर्ने माग राखेको छ।

मानव तस्करी र बिचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारबाही गर्न माग गरको छ।

वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभरबाहेक) कोरियाको इसेभेन भिषामा कामदार पठाउन व्यवसायीमार्फत् व्यवस्था गर्नुपर्ने माग रहेको छ। वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न पनि सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !