२२ बैशाख २०८१, शनिबार

रुपन्देहीको क्रिकेट रंगशाला फागुनसम्ममा तयार हुन्छ: शक्ति गौचन

प्रकाशित मिति :  10 January, 2024 11:27 am


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो सातासम्म तयार हुने बताएका छन् ।

अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले ४० करोड लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन उक्त रंगशालाको ब्राण्ड एम्बासडर हुन् ।

नेपाली टोलीका पूर्वस्पिनर शक्तिले फागुनको पहिलो अथवा दोस्रो हप्तासम्म तयारी हुने जानकारी दिए । उक्त रंगशाला प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता तथा अन्य खेलहरू खेलाउन सकिन्छ कि भनेर नेपाल क्रिकेट संघ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवहाक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका थिए ।

मैदानमा रहेका सातवटा पिच फागुनबाट प्रतियोगिताका लागि तयार हुने बताइएको छ । उक्त रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुम निर्माण कार्य जारी छ ।



प्रतिक्रिया दिनुहोस !