२२ बैशाख २०८१, शनिबार

नेपाल क्रिकेट संघद्वारा सन्दीप लामिछाने निलम्बन, घरेलु तथा अन्तराष्ट्रिय खेल खेल्न नपाउने

प्रकाशित मिति :  11 January, 2024 10:55 am


काठमाडौँ । नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषि ठहर गर्दै सजाय सुनाएपछि क्यानले लामिछानेलाई घरेलु तथा अन्तराष्ट्रिय कुनै पनि क्रिकेट खेलका गतिविधिबाट निलम्बन गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति निकाल्दै लामिछानेलाई निलम्बन गरेको जानकारी गराएका हुन् ।

अदालतले छामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका लामिछानेलाई हिजो सजाय सुनाएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले कैदसँगै उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश दिएको छ । यसअघि गत पुस १३ गते ढकालको इजालासले लामिछानेलाई दोषि ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै उच्च अदालत जाने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !