१७ बैशाख २०८१, सोमबार

चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु

प्रकाशित मिति :  25 January, 2024 9:15 am


सांकेतिक फाेटाे

काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बुधवार दिउँसो करिव ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाइसकिएको थिइँै । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।

छ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी शुरु भएको हो । बेसमेन्ट भित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सो घटनाको अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !