५ जेष्ठ २०८१, शनिबार

पोखरा गोल्डकप : सेमिफाइनलका लागि मनाङमर्स्याङ्दी र जावलाखेल भिड्दै

प्रकाशित मिति :  29 January, 2024 8:40 am


काठमाडौँ । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् ।

आज दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि मनाङमर्स्याङ्दी र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।जाउलाखेलले प्रिक्वाटरफाइनलमा मच्छिन्द्र फुटवल क्लवलाई हराउँदै क्वाटरफाइनल खेल्न आइपुगेको हो भने मनाङ सिधै क्वाटरफाइनल प्रवेश गरेको हो ।

आजको विजेता प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टिमले महत्वका साथ हेरेका छन् ।

आहा रारा गोल्डकपको इतिहासमा यी दुई टोली एक पटकमात्र आमनेसामने भएका छन् । २०६८ मा भएको प्रतियोगिताको फाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।



प्रतिक्रिया दिनुहोस !