१५ बैशाख २०८१, शनिबार

इटलीमा लकडाउन खुकुलो,४० लाख मानिस काममा फर्कने अनुमान

प्रकाशित मिति :  4 May, 2020 4:45 pm


एजेन्सी, २२ वैशाख ।

युरोपमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटलीमा लकडाउन खुकुलो बनाईएको छ ।

संक्रमित र मृतकको संख्या घटेसँगै इटलीले झण्डै दुई महिनापछि लकडाउनमा केही खुकुलो बनाएको हो । अब मानिसहरु वरिपरी घुमघाम गर्न सक्ने छन् भने आफन्तको घरसम्म पुग्न सक्ने छन् ।

लकडाउन खुकुलो भएसँगै झण्डै ४० लाख मानिस काममा फर्कने अनुमान छ । पार्कमा घुम्न र रेष्टुरेन्टमा खान प्याक गरेर फर्कन सक्नेछन् । कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि इटलीले सबैभन्दा पहिला आम नागरिकलाई घरभित्रै बस्न आदेश दिएको थियो ।

इटलीका प्रधानमन्त्री जिन्जेप्पी कौंटले भनेका छन् लकडाउन खुकुलो भएपनि परिस्थिति हेरेर यसमा थप निर्णय गरिने छ । उनले हामी अझै कोरोना मुक्त भईनसकेको भन्ने हेक्का राख्न भनेका छन् ।

इटलीमा २ लाख १० हजार संक्रमित भएका छन् भने २८ हजार ८ सय ८४ जनाको ज्यान गईसकेको छ । तर,पछिल्ला दिनमा मृतक र संक्रमितको संख्या घट्दै गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

चीनको प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण रहेको अमेरीकी दाबी, दिल्लीमा लकडाउन खुकुलो हुँदै



प्रतिक्रिया दिनुहोस !