५ जेष्ठ २०८१, शनिबार

मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट माघ २८ देखि पाेखरामा

प्रकाशित मिति :  8 February, 2024 7:50 am


काठमाडौँ। यही माघ २८ गतेदेखि फागुन ७ गतेसम्म मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन पोखराको क्रिकेट रंगशालामा खेल हुने जानकारी गराइएको हो।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले यसअघि दुई पटक खेल आयोजना गरिसकेको छ । यसवर्ष मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा तेश्रो संस्करणको खेल हुन लागेको हो ।

उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबीच बिहान ९ बजेबाट शुरु हुने सेन्टर अध्यक्ष ठाकुर गैरेले बबताए। क्यानको वार्षिक क्यालेण्डर अनुसारको यस प्रतियोगितामा सात वटा प्रदेशबाट १÷१ र आयोजक मनमोहन मेमोरियलको १ गरी जम्मा ८ वटा टिम सहभागी हुनेछन् ।

२५ ओभरका १५ खेलहरु ९१२ लिग, २ सेमीफाइनल र १ फाइनल सञ्चालन हुनेछन् । प्रत्येक प्रदेशबाट १४ खेलाडी र २ टिम व्यवस्थापकसहित १६ जना गरी जम्मा १२८ खेलाडी सहभागी हुनेपनि अध्यक्ष ठाकुरले बताए।

लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह क मा कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ख मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।

विजेता टिमले १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र प्रस्कार पाउनेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !