१५ बैशाख २०८१, शनिबार

भारतले आगामी ५–६ वर्षमा ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने

प्रकाशित मिति :  8 February, 2024 11:31 am


एजेन्जी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रमा आगामी ५–६ वर्षमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका छन्र । गोवामा भारत ऊर्जा सप्ताहको दोस्रो संस्करणको उद्घाटन गर्दै मोदीले उक्त टिप्पणी गरेका हुन ।

सरकारको सुधारका कारण घरेलु ग्यासको उत्पादन बढ्दै गएको र प्राइमरी इनर्जी मिक्समा ग्यासको प्रतिशत ६ बाट १५ प्रतिशतमा पुर्याउने प्रयास भइरहेको प्रधानमन्त्री मोदीले बताए ।

आगामी ५–६ वर्षमा करिव ६७ अर्ब डलर लगानी हुने उनको भनाइ थियो । सरकारले सन् २०२५ सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको छ ।

गत वर्ष इण्डिया इनर्जी वीकमा ८० भन्दा बढी रिटेल आउटलेटमा २० प्रतिशत इथानोल मिसाउने कार्यको स्मरण गर्दै मोदीले यी आउटलेटहरूको संख्या बढेर ९ हजार पुगेको बताए ।

भारत ऊर्जा सप्ताह २०२४ मा विभिन्न देशका लगभग १७ ऊर्जा मन्त्रीहरू, ३५ हजार भन्दा बढी सहभागीहरू र ९ सय भन्दा बढी प्रदर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !