यसरी नेपालले आफ्नो पोल्टामा पार्यो क्यानडासँगको एक दिवसीय श्रृंखलाकाे दोस्रो खेल
नेपालले शनिवार क्यानडासँगको दोस्रो एकदिवसीयमा चार विकेटको जित निकाल्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ।
घरेलु मैदान कीर्तिपुरमा नेपालले तेस्रो खेलमा क्यानडालाई हराउँदै तीन खेलको श्रृंखलामा २–० को अग्रता बनाएको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरे ।
त्रिवी क्रिकेट मैदानमा दुई सय ८६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग(यो । तीन ब्याटर ओपनर अनिल साह, कप्तान रोहित र देवले अर्धशतक बनाउँदा नेपालले सहज जित निकाल्यो । अनिलले ५० रन, रोहितले ८७ रन र देवले ७६ रनको योगदान दिए ।
ओपनर अनिलले आक्रामक ब्याटिङ गर्दै नेपाललाई राम्रो शुरुवात दिलाए । उनले पहिलो विकेटका लागि आसिफ सेखसँग ५५ रनको साझेदारी गरे । अनिलको आक्रामक ब्याटिङप्रेरित नेपालले ४.४ ओभरमा नै यो साझेदारी बनाएको हो ।
ईश्वरज्योत सोहीले आसिफलाई १० रनमा नै आउट गर्दै पहिलो झड्का दिए । दोस्रो विकेट पनि सोहीले नै लिए । थप ९ रन जोड्दा अनिल आउट हुन पुगे । २० बल खेलेका अनिलले सात चौका र तीन छक्का प्रहार गरे । ६.३ ओभरमा नेपाल ६४/२ को अवस्था पुग्यो ।
तर, त्यसपछि कप्तान रोहित र देवले धैर्यपूर्वक ब्याटिङ गर्दै नेपाललाई जितको आधार बनाए । हर्ष ठाकरेले ३४ औं ओभरमा देवलाई कट एण्ड बोल्ड गर्दै साझेदारी तोडे । देवले ८१ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।
रोहितले चौथो विकेटका लागि भीम सार्कीसँग ३९ रनको साझेदारी गर्दै जिततर्पm अग्रसर गराए । ४० औं ओभरमा भीम २३ रनमा दिलप्रित बाज्वाद्वारा आउट भए ।
उनले २१ बलमा चार चौका हिर्काए । त्यसपछि १४ रन जोड्दा नेपालले थप दुई विकेट गुमाए । क्यानडाका कप्तान साद बिन जफरले कप्तान रोहितलाई आउट गर्दै पाँचौं विकेट दिलाए ।
रोहितले १०१ बल खेल्दै आठ चौका र चार छक्का प्रहार गरे । त्यसपछि आएका पवन सर्राफ पनि दुई चौका र एक छक्कासहित १४ रन बनाएर आउट भए । तर सोमपाल कामी र कुशल मल्ल समान ९ रनमा अविजित रहँदै जित दिलाए ।
क्यानडाको बलिङमा हर्ष र सोहीले समान दुई विकेट लिँदा कप्तान साद र दिलप्रीतले समान एक विकेट निकाले । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले शुरुदेखि नै आक्रामक ब्याटिङ ग-यो ।
मध्य ओभरमा नेपाली बलरले दबाब बनाए पनि क्यानडाले निर्धारित ५० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा दुई सय ८६ रनको लक्ष्य प्रश्तुत ग-यो ।
क्यानडाका शिर्ष क्रमको ब्याटिङ चलेपछि नेपालले चुनौतिपूर्ण लक्ष्य पाएको हो । क्यानडाका ओपनरद्वय आरोन जोनसनले सर्वाधिक ६५ रन र नवनित धलिवालले ४६ रन बनाए ।
आक्रामक ब्याटिङ गर्दै यो जोडीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे । डेब्युटेन्ट आकाश चन्दले नवनितलाई विकेटकिपर आसिफ सेखबाट क्याच गराउँदै यो साझेदारी तोडे ।
नवनितले ६० बलमा ६ चौका प्रहार गरे । २३औं ओभरमा आरोन रनआउट भए । ६२ बल खेलेका आरोनले १० चौका र दुई छक्का प्रहार गरे ।
ओपनरद्वय पभेलियन फर्किएपछि नेपालले रनको गति कस्न थाल्यो । यद्यपि पर्गत सिंह र निकोलस किर्तनले धैर्यपूर्वक ब्याटिङ गरे ।
यो जोडीले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए । कप्तान रोहितकुमार पौडेलले पगर्तलाई ३८ रनको आउट गर्दै साझेदारी तोडे । ३१.२ ओभरमा क्यानडा १७९/३ को स्थितिमा थियो । थप १४ रन जोड्दा दुई विकेट गुमाएपछि क्यानडा दबाबमा प-यो ।
यस क्रममा किर्तन २० रनमा र हर्ष ठाकरे ३ रनमा नै पभेलियन फर्किए । यससँगै ३४.५ ओभरमा क्यानडा १९३/५ को अवस्थामा पुग्यो । त्यसपछि नेपालका बलरले कसिलो गर्दा क्यानडाले समालिएर खेल्ने प्रयास ग-यो ।
कुशल मल्लले दिलप्रीत बाज्वालाई १९ रनमा बोल्ड गर्दै क्यानडाको छैटौं विकेट पतन गराए । दिलप्रितले २० बलमा दुई छक्का र एक चौका हिर्काए ।
कुशलले लगत्तै कप्तान साद बिन जफरलाई १ रनमै पभेलियन फर्काउँदै खेलमा पकड जमाए । ४१ औं ओभरमा क्यानडा २१६÷७ को स्थितिमा पुग्यो । तर विकेटकिपर श्रेयस मोभ्भाले आठौं र नवौं विकेटका लागि साझेदारी गर्दै क्यानडालाई राम्रो योगफलतर्फ अग्रसर गराए ।
श्रेयसले क्रमशः साहिद अहमदजाईसँग २३ रन र उदय भागवानसँग ४६ रनको महत्वपूर्ण साझेदारी गरे । साहिद १३ रनमा पवन सर्राफद्वारा बोल्ड भए । श्रेयस ४० रनमा इनिङको अन्तिम बलमा आउट भए ।
सोमपालद्वारा आउट हुनुअघि श्रेयसले ४० बलमा चार चौका प्रहार गरे । उदय २० रनमा नटआउट रहे । उनले १५ बलमा समान एक चौका र छक्का हिर्काए ।
नेपालको बलिङमा रोहित र कुशलले समान दुई विकेट लिँदा सोमपाल, सूर्य तामाङ, आकाश चन्द र पवनको नाममा समान एक विकेट रह्यो । नेपालले अब तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।
—न्युज एजेन्सी नेपाल
तस्बिरहरूः क्यान