५ जेष्ठ २०८१, शनिबार

खेलाडीहरूका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छः ओली

प्रकाशित मिति :  12 February, 2024 5:59 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् ।

सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबिच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले राम्रो खेलाडीहरूका लागि बाहिर अवसरहरू धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरू जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताए ।

उनले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफूले धेरै काम गरेको बताए । अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरू पचाउन अझै कठिन भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !