१२ श्रावण २०८१, शनिबार

अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द

प्रकाशित मिति :  6 May, 2020 3:21 pm


काठमाण्डौं, २४ वैशाख ।

जेठ ५ गतेसम्म सरकारले अन्तर्राष्ट्रिय उडान र अन्तराष्ट्रिय सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले विश्वव्यापी रुपमा कोरोना महामारी बढीरहेको भन्दै भन्दै अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको उर्जामन्त्री बर्षमान पुनले जानकारी दिए ।

यसअघि अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो।सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले चैत ११ गतेदेखि जारी लकडाउन जेठ ५ गतेसम्म लब्याउने निर्णय गरेको छ ।

विश्वब्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले पनि चैत ११ गतेदेखि मुलुक लकडाउन गर्दै आएको छ । अन्तराष्ट्रिय सिमानाकाहरु बन्द छन् भने आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानमा समेत रोक लगाईएको छ ।

लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको भन्दै सरकारले यसलाई निरन्तरता दिने दिने निर्णय गरेको हो ।

हिजो बसेको कोरोना—१९ उच्चस्तरीय समन्वय समिति बैठकले सरकारको अहिलेकै नीतिकै कारण कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकालेको थियो ।

लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय



प्रतिक्रिया दिनुहोस !