१५ बैशाख २०८१, शनिबार

टर्कीमा खानी भत्कियोः कामदारको उद्धार जारी

प्रकाशित मिति :  27 February, 2024 10:57 am


काठमाडौँ । टर्कीको पूर्वी प्रान्त एलाजिगमा सोमवार क्रोमाइट खानी भत्किँदा केही मानिसहरु बेपत्ता भएका छन् ।

जसमध्ये ४ जनाको उद्धार गरिएको बताइएको छ । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले बेपत्ताको खोजि कार्य जारी राखेको बताएको छ । पालु जिल्लामा रहेको खानी भत्किएको हो ।

इलाजिगका गभर्नर ओमेर तोरामारले लिखित बयानमा टर्कीका अधिकारीहरूले घटनाबारे न्यायिक र प्रशासनिक अनुसन्धान शुरु गरेको बताएका छन् । फेब्रअरी १३ मा पूर्वी प्रान्त एर्जिनकानमा रहेको सुन खानीमा पहिरो जाँदा नौ जना कामदार बेपत्ता भएका थिए ।

यससँगै टर्कीमा खानी सुरक्षाको बारेमा बहस शुरु भएको छ । उत्तरी ओर्डु प्रान्तमा, स्थानीय अदालतले स्थानीय वातावरणीय संघहरूले दायर गरेको मुद्दामा अल्टिनटेप खानी कम्पनीको इजाजतपत्रको लागि दिइएको समय बिस्तार रद्द गरेको छ । कम्पनीले सन् २०१५ देखि ओर्डुको फत्सा जिल्लामा सुन र चाँदीको खोजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !