१४ बैशाख २०८१, शुक्रबार

सामसङ ग्यालेक्सी एस २० सिरिज नेपालमा सार्वजनिक

प्रकाशित मिति :  2 March, 2020 10:54 pm


काठमाडौं, १९ फागुन।

काेरियन स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा ग्यालेक्सी एस २० सिरिज का स्मार्टफाेन ग्यालेक्सी एस २० र एस २० प्लस नेपालमा सार्वजनिक गरेकाे छ । सामुङ नेपालले एक राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेकाे हाे । 

सार्वजनिक गरिएसँगै एस सिरिजकाे ग्यालेक्सी एस २० र एस २० प्लस प्रि अर्डर खुला गरेकाे छ भने फागुन ३० गतेदेखि दुबै फाेन बजारमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ। नेपालमा ग्यालेक्सी एस २० को बजार मूल्य १ लाख ७ हजार ४९९ रुपैयाँ तथा एस २० प्लसको बजार मूल्य १ लाख १९ हजार ४९९ रुपैयाँ ताेकिएकाे छ ।

ग्यालेक्सी एस२० सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्त रुपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई वेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ । ‘सामसङ ग्यालेक्सी एस २० सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ,’ सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

ग्यालेक्सी एस २० बिशेषताहरु

डिस्प्ले – क्युएचजेड (१,४४०×३,२०० पिक्सल) रेज्योलुशन, १२०एचजेड रिफ्रेश रेट र ५६३पीपिआई सँगै ६.२ इन्चको इनफिनिटी–ओ डाइनामिक एमोलेड २× डिस्प्ले

प्रोसेसर – छुट्टाछुट्टै एरिया अनुसार ७ एनएम अक्टा–कोर प्रोसेसरको अप्शन, सामसङ एक्सनोज वा क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर अप्शन रहने

र्याम – ८ जीबी वा १२जीबी (५जी मा) एलपिडिडिआर५

स्टोरेज – १२८ जीबी

सेक्योरिटी – इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र फेस रिकोग्निशन

अपरेडिंग सिस्टम – एन्ड्रोएड १० मा आधारित वान यूआई२.१

रियर क्यामरा – ट्रिपल रियर क्यामरा सेटअप (सुपर स्पीड डुअल पिक्सल एएफ र ओआईएस सँगै १२ मेगापिक्सलको वाइड एंगल सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर र पिडिएएफ र ओआईएस सँगै ६४ मेगापिक्सलको टेलीफोन क्यामरा)

फ्रन्ट क्यामरा – एफ/२.२ अपर्चर सँगै १० मेगापिक्सेलको सेन्सर

ब्याट्री – ४००० एमएएच

चार्ज – २५ वाट फास्ट चार्जिंग

सामसङ नेपालले लन्च गरेको ग्यालेक्सी एस २० र एस २० प्लस स्मार्टफोनहरु प्रदर्शन गरिँदै ।

ग्यालेक्सी एस२० प्लसको बिशेषताहरुः 

यस स्मार्टफोनको विशेषताहरु धेरै हदसम्म ग्यालेक्सी एस २० सँग मिल्दोजुल्दो रहेको छ ।  यो स्मार्टफोनमा ब्याट्री, यसको साइज र क्यामरा मा केहि फरक रहेको छ ।

डिस्प्ले – ५२५पिपिआई सँगै ६.७ एजको क्युएचडि (१,४४०× ३,२०० पिक्सल) डाइनामिक एमोलेड २× डिस्प्ले

डाइमेन्सन – १६१.९×७३.७×७.८ एमएम

ब्याट्री – ४,५००एमएएच

क्यामरा – फ्रन्ट र रियर क्यामरा ग्यालेक्सी एस२० को जस्तै, मात्रै रियरमा डेप्थ क्यामरा एडिशनल पाइने

प्री-अर्डरमा अफरः

ग्यालेक्सी एस २० तथा एस २० प्लस १४ फागुनदेखि शुरु हुने अग्रिम अर्डर अवधिमा नेपालका कुनै पनि सामसङको स्टोरमा रु ५०००/- जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस १० दुईवटा रंगहरु कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस २० प्लस तीनवटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध रहने छ ।

ग्यालेक्सी एस २० प्लस अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि रु. ५,९९९/-मा खरिद गर्न सक्नुहुने छ । साथै, ग्यालेक्सी एस २० अग्रिम अर्डर गरेका ग्राहकहरुले रु. २,९९९/- थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसङ टिभि रु ८,९९९/- मा खरिद गर्न सक्नुहुने कम्पनीले जानकारी दिएको छ ।

साथै अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी उपहार स्वरुप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मि इनका सेवाहरुमा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउनुहुनेछ ।

अग्रिम अर्डर गर्नुभएका ग्राहकहरुलाई एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुने बताईएको छ ।

साथै अग्रिम अर्डर गर्नुहुने ग्राहकहरु लक्की ड्र का लागि स्वतः योग्य हुनुहुनेछ जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट दुइतर्फी बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ २, केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बसाइ पाउनुहनेछ । साथै, लेट मि इनको तर्फबाट रु. ५०००/- बराबरको कुपन पनि पाउनुहुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !