१९ बैशाख २०८१, बुधबार

बिहीबारको दिन कस्तो छ तपाईको ?

प्रकाशित मिति :  18 April, 2024 6:44 am


२०८१ वैशाख ६ गते बिहीबारको राशिफल

मेष
मेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । घरायसी सम्बन्ध बलियो बन्ला।

वृष
वृष राशिहरुको लागि शुभ खबर प्राप्त हुन सक्छ । स्वास्थ्यमा सुधार होला । आपसी सहकार्यले कार्यसिद्ध हुनेछ । बोलीबचनमा भने ख्याल गर्नुहोला ।

मिथुन
मिथुन राशिहुनेहरुको आजको दिन औषत रहने छ। शिक्षामा सकारात्मक कार्य हुनेछन् । पारिवारिक सम्बन्ध सुमधुर रहला । कार्यालयका काममा केही झन्झट व्यहोर्नुपर्ला।

कर्कट
कर्कट राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा गढबढी हुन सक्छ । धनमालको क्षति हुन सक्ने भएकाले सजक रहनु होला । यात्रा गर्दा विशेष ध्यान दिनुपर्नेछ । प्रेम सम्बन्ध भने सुमधुर रहनेछ ।

सिंह
सिंह राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । आम्दानीका स्रोत बढ्नेछन् । रोकिएका धनसम्पती प्राप्त हुनेछन् । धर्मकर्ममा मन जानेछ ।

कन्या
कन्या राशिहुने लागि आजको दिन शुभ राम्रो रहेको छ । नयाँ अवसरहरु प्राप्त हुनेछन् त्यसलाई चिनेर अघि बढ्न सके राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नेछ ।सामाजिक कार्यमा व्यस्त रहने योग छ ।

तुला
तुला राशि हुनेहरुको लागि आज भाग्ले साथ दिनेछ । मुद्दामामिलामा जित हुन सक्ने योग छ । आफन्तसँगको विदाइलय थोरै मन विचलित रहला ।

वृश्चिक
वृश्चिक राशि हहुनेहरुको लागि आजको दिन औषत रहनेछ । अरुको लहलहैमा भन्दा आफ्नो निर्णयमा अडिक रहनुपर्नेछ । विकास निर्माणका कार्यमा व्यस्त भइनेछ । पारिवारिक सुख प्राप्तीको योगछ ।

धनु
धनु राशिको लागि आजको दिन राम्रो छ । साझेदारी व्यवसायका कारण काम सफल हुने छ । शत्रुमाथि विजय प्राप्त हुने छ । आफन्तका कारण कामहरु बन्नेछन् । धार्मिक कार्यमा व्यस्त रहिनेछ ।

मकर
मकर राशिको लागि आजको दिन थोरै कष्टकर बन्नेछ । सानो काममा धेरै मेहनत गर्नुपर्ने योग छ । प्राकृतिक विपत्तिको सामना गर्नुपर्नेछ । हराएको वस्तु फेला पर्ने योग छ ।

कुम्भ
कुम्भ राशिका लागि साहसिक कार्यमा संलग्न हुने योग छ । सानो काममा धेरै समय धन खर्चन पर्ने अवस्था आउन सक्छ । स्त्री पुरुष सम्बन्ध खटपट हुन सक्नेछ।

मीन
प्रिय पात्रले मन दुखाउन सक्नेछन् । तपाइँले गरेका असल कार्यप्रति पनि प्रश्न उठ्न सक्नेछ । कम बोल्नु र ध्यानमा केन्द्रीत रहनु फाइदाजनक हुनेछ । खेलकुद तथा कला साहित्यमा अग्रसर भइनेछ ।

——————————-

भाग्यमा लेखेको भन्दा बढी र समयभन्दा अगाडि सफलता हात लाग्दैन । असल कर्मले भाग्यका दोष काटिन सक्छन्। कर्मलाई नै भाग्य ठानेर अगाडि बढ्नुहोस्। सफल अवश्य भइनेछ । शुभदिन



प्रतिक्रिया दिनुहोस !