२६ बैशाख २०८१, बुधबार

नेपाल टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष छुट, लकडाउनका बेला सहज

प्रकाशित मिति :  2 April, 2020 8:22 am


काठमाडौं,२०चैत ।

नेपाल टेलिकमले आजदेखि ७ दिनसम्म लागु हुने गरेर जीएसएम सेवामा डाटा प्याक उपलब्ध गराउने भएको छ ।

आजदेखि २६ गतेसम्म ७ दिन लागु हुने गरि जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको टेलिकमले जनाएको छ । टेलिकमको योजना अनुसार पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस प्राप्त हुनेछ जसलाई फोरजी नेटवर्कमा ५ दिन भित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।

दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस प्राप्त हुने छ । प्राप्त हुने बोनस टेलिकमको फोरजी नेटवर्कमा ७ दिन भित्र प्रयोग गरिसक्नुपर्नेछ । यसरी १ रुपैंयाँमा बोनस सहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

टेलिकमकै भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय भएको छ । यो योजना अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० रुपैंयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । विस्तृतका लागि

हेर्नुहोस् नेपाल टेलिकमको विज्ञप्तिः



प्रतिक्रिया दिनुहोस !