१४ बैशाख २०८१, शुक्रबार

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : अबका दुई साता थप चुनौतिपूर्ण हुनसक्छ

प्रकाशित मिति :  7 April, 2020 11:40 am


काठमाडौं, २५ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण नेपालका लागि आउदाँ दुईसाता थप चुनौतिपूर्ण हुने बताएका छन् ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदो दुई साता नेपालका लागि चुनौतीपूर्ण रहेकाले परीक्षणको दायरा बढाइने,

लकडाउनमा थप कडाइ गरिने बताएका छन् ।  प्रधानमन्त्री ओलीले भने,‘आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ ।’

प्रधानमन्त्री ओलीले यसै हप्ताबाट प्रयोगमा ल्याइएको ¥यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास विश्वास व्यक्त गरेका छन् ।

उनले यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिने बताएका छन् ।

प्प्रधानमन्त्री ओलीले   बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै मुलुक महामारीको दोस्रो चरणमा प्रवेश गरेको जानकारी गराए ।

उनले भने,‘ यसले थप सजगता र सावधानीको माग गरेको छ ।’

यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएका भन्दै प्रधानमन्त्री ओलीले आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पु¥याउन अहोरात्र खटिरहेका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले वैयक्तिक स्वतन्त्रा भन्ने प्रश्नमा अलमलिन नहुँने बताएका छन् । नागरिककाे जीवनरक्षा भन्दा अरू ठूलाे कुरा नरहेकाे उनले बताए ।

संकटकाे बेलामा सरकार र दल, जनताकाे राष्ट्रिय एकता नै महामारी माथि विजय प्राप्त गर्न ठूलाे शक्ति रहेकाे धारणाा प्रधानमन्त्री ओलीको    छ ।



प्रतिक्रिया दिनुहोस !