१५ बैशाख २०८१, शनिबार

ऊर्जामन्त्री पुनले दोस्रो पटक रोल्पा पठाएका स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  7 April, 2020 2:29 pm


रोल्पा, २५ चैत । 

ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले दोस्रो पटक गृह जिल्ला रोल्पाका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । उनले कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।

मन्त्री पुनले  मन्त्रालयको तर्फबाट १० थान र आफ्नो लगानीमा ९० थान गरि १ सय थान पीपीई सेट, मन्त्रालयबाट १ सय ५० थान र आफ्नो पहलमा १ हजार थान ग्लोब्स् रोल्पा पठाएका हुन् ।

त्यस्तै सेनिटाईजर साढे ६ लिटर र मास्क १ हजार पीस रहेको छ। रोल्पा आएका सामाग्री सचिवालयका सदस्य सन्तोष पुनले जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेका छन् ।

संकट ब्यबस्थापन केन्द्र तथा जिल्ला कमाण्ड फोर्सका संयोजक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मन्त्री पुनको तर्फबाट आएका स्वास्थ्य सामाग्री जिल्ला अस्पताल सहित बिभिन्न स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने जानकारी दिए ।

जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा थप स्वास्थ्य सामग्री जिल्ला ल्याईएको उनका सहयोगि सन्तोष पुनले बताए । यसअघि मन्त्री पुनले ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटर लगायतका सामाग्री रोल्पा पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस !