१४ बैशाख २०८१, शुक्रबार

लकडाउन खुकुलाे पार्ने भारतीय मनसाय, वैशाख ३ पछि नेपाल पनि खुल्ला त ?

प्रकाशित मिति :  7 April, 2020 4:55 pm


काठमाडौं, २५ चैत ।

सरकारले लकडाउनको समय बढाएपछि नेपालीको प्रश्न छ, के वैशाख ३ गतेपछि लकडाउन खुल्छ? यसको उत्तर सरकारसँग पनि छैन । किनकी लकडाउन खुल्ने वा नखुल्ने भन्ने निर्णय नेपालले छिमेकी मुलुको नीति हेरेर पनि लिनुपर्ने हुन्छ ।

लकडाउनको विषयमा भारत लचक हुने देखिएको छ ।

भारतले जोखिम कम हुँदै गएका राज्यमा विस्तारै लकडाउन खोल्ने नीति अबलम्बन गर्ने भएको छ । अप्रिल १४ (वैशाख २) पछि कोरोनाको जोखिम विश्लेषण गरेर लकडाउनाई खुकुलो पार्ने योजना भारतको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारको सम्बोधनले अझै दुई साता कस्टकर हुन सक्ने भनिएको छ ।

तर कष्टकर लकडाउन खुलेपछि पनि केही समय हुन सक्छ । सरकार पनि भारतीय योजनाबाट सिकेर नेपाल सुहाउदो योजना बनाउन सक्ने देखिन्छ ।

ओलीले सबै एकतावद्ध भएर लागेमा लकडाउनको अन्त्यको संकेत पनि गरको छन् ।

भारतले कोरोना बारे थप कदम चाल्ने मितिको भोलीपल्टसम्म नेपालमा लकडाउनको समय भएकाले नेपालले पनि भारत अनुरुप खुकुलो नीति लिने सम्भाबना बढेर गएको छ ।

सीमा जोडिएको मात्र नभइ आर्थिक, सामाजिक, राजनैतिक देखि कोरोना नियन्त्रणसम्ममा भारतीय नीतिले नेपालमा पनि फरक पार्दछ ।

वैशाख ३ गतेपछि लकडाउन विस्तारै खुल्न सक्छ ।

वैशाखपछि लकडाउन खुला गराउन सबैभन्दा ठूलो भूमिका जनतामै नीहित छ ।

जनताले लकडाउनको अनुशासित तरिकाले पालना गरे भने मात्र नेपालमा कोरोनाको संक्रमणको यथार्थ जानकारी आउनेछ ।

जसको आधारमा सरकारले लकडाउ बारे नयाँ नीति अबलम्बन गर्नेछ ।

यसबीच कोरोनाबारे भ्रम र यथार्थबारे स्पष्ट रहेर लकडाउनमा सहयोग गर्न सरकारले आव्हान गरेको छ ।

यस्तो छ भारतिय योजनाः
न कोरोना कल्पनाको विषय थियो न त कारोनाबारे नीति आज बनाएर पछि सम्मलाई लागू गर्न सकिन्छ ।

कोरोनाको प्रभावलाई मूल्यांकन गरेर तत्काल निर्णय लिनुपर्ने अवस्थामा विश्वका मुलुकहरु छन् ।

अहिलेकै अवस्थामा कोरोना नियन्त्रणमा रहेमा भारतले विस्तारै लकडाउन खोल्ने देखिएको छ ।

अर्थतन्त्रमा देखिएको अर्वौंको क्षति न्युनिकरण गर्न सुरक्षात्मक योजना सहित लकडाउन खोल्ने भारतको योजना देखिन्छ ।

कम जोखिममा रहेको प्रदेश र जिल्लामा लगाइएको ‘लकडाउन’ खोल्ने तर उच्च जोखिममा रहेको प्रदेश र जिल्लालाई थप २८ दिन भन्दा बढीको ‘लकडाउन’मा रहनुपर्ने गरी नीति आयोगको चिकित्सा आयोग व्यवस्थापन योजनाले सरकारलाई सुझाव दिएको समाचार इकोनोमिक टाइम्सले प्रकाशित गरेको छ।

नीति आयोगका सदस्य विनोद पाउलको नेतृत्वमा गृहमन्त्रालयले गठन गरेको समिचिले चार चरणमा ‘लकडाउन’ हटाउने गरी यो योजना तयार पारेको हो ।

जस अनुसार ५० वा सो भन्दा बढी सक्रिय केस फेला पर्ने प्रान्तलाई चौथो चरणमा राखिनेछ । ५ वा सो भन्दा कम सक्रिय केस फेला परेको प्रदेशलाई पहिलो चरणमा समावेश गरिने जनाइएको छ ।

यद्यपी अप्रिल १४ सम्मको कारोना संक्रमणको अवस्थालाई हेरेर लकडाउन खोल्ने नखोल्ने ठोस निर्णय हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !