२५ बैशाख २०८१, मंगलबार

चार लाख धरौटी राखेर रिहा भए दीपेशकुमार पुन

प्रकाशित मिति :  26 April, 2024 5:22 pm


काठमाडौँ । दीपेश पुनले अदालतले तोकेको धरौटी रकम बुझाएका छन्।

सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले यही वैशाख ७ मा उनलाई ४ लाख धरौटी बुझेर छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।

उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस !