१४ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु

प्रकाशित मिति :  7 April, 2020 5:03 pm


काठमाण्डौं, २५ चैत ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोरोना भाइरसको विश्वव्यापी संक्रमण,रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धीबारे बैठकलाई जानकारी गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

पछिल्लो समय स्वास्थ्य सामाग्री खरिद लगायतका विषयमा सरकार विवादित भईरहेका बेला नेकपा सचिवालय बैठक बसेको हो ।

सरकार र पार्टीविरुद्ध बाहिरबाट आक्रमण हुँदा पनि पार्टीको बैठक नबसेको भन्दै आलोचना हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !