२० बैशाख २०८१, बिहिबार

सुशील कोइराला स्मृति प्रतिष्ठानद्वारा लुम्बिनी प्रदेशका पहाडी जिल्लामा निशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति :  28 February, 2024 10:43 am


काठमाडौँ । सुशील कोइराला स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा आजदेखि निशुल्क स्वास्थ्य शिविर सुरु गर्न लागेको छ ।

पाल्पाको रामपुरबाट सुरु हुने शिविर गुल्मी अर्घाखाँची हुँदै रोल्पा पुगेर समापन हुने प्रतिष्ठानले जनाएको छ ।

शिविरमा जनरल मेडिसिन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती सेवा, नाक,कान, घाँटी सेवा, शल्यक्रिया, मानसिक तथा नशाखा रोग विशेषज्ञ सेवा, आँखा तथा दन्त रोग विशेषज्ञ सेवा, मुटु रोग विशेषज्ञ सेवा बालरोग विशेषज्ञ सेवा प्रदान गरिने आयोजनले जनाएको छ ।

शिविरका इसिजी,भिडियो एक्स रे, सुगर, युरिक एसिड, ब्लड ग्रुप लगायतको जाँच गरिने छ ।

सुशील कोइराला स्मृति प्रतिठानले आयोजना गर्ने कार्यक्रममा प्राविधिक संयोजजन काठमाडौँ मेडिकल कलेजले गर्नेछ ।

कार्यक्रमका लागि लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, काठमाडौँ मेडिकल कलेजका सञ्चालक तथा कांग्रेसका संघीय सांसद सुनिल शर्मा पाल्पा पुगेका छन् ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आम जनतालाई स्वास्थ्य समस्या पहिचान गर्न र गम्भीर रोग पहिचान भएकालाई निशुल्क उपचारका लागि शिविर सञ्चालन गर्न लागिएको बताए ।

उनले भने,“ सामान्य शिविर मात्रै होइन गम्भीर रोग पत्ता लागेकालाई निशुल्क उपचार गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो । अन्य जिल्लामा एक एक दिन र रोल्पामा २ दिन शिविर सञ्चालन हुने छ ।



प्रतिक्रिया दिनुहोस !