१५ बैशाख २०८१, शनिबार

भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटनमा सहभागी हुन प्रमुख दलका शीर्ष नेताहरू भरतपुरमा

प्रकाशित मिति :  1 March, 2024 11:41 am


चितवन । चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गर्दैछ ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी चितवन पुगीसकेका छन् ।

नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । उद्घाटनमा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि शुक्रवार दिउँसो भरतपुर जाँदैछन् ।

उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछाने पनि चितवन आउँदैछन् । त्यस्तै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाल पनि कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।

भरतपुर महानगरपालिकाले महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ आयोजना गर्न लागेको हो । भरतपुर महानगरले २०२४मा करिब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।



प्रतिक्रिया दिनुहोस !