५ जेष्ठ २०८१, शनिबार

बाँकेमा आजदेखि तीन दिने लुम्बिनी प्रदेश युवा सम्मेलन

प्रकाशित मिति :  3 March, 2024 8:14 am


काठमाडौँ। लुम्बिनी प्रदेश नेपाल युवा परिषद्को आयोजनामा आज(आईतवार)देखि बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ ।

लुम्बिनी प्रदेश युवा परिषद्को आयोजनामा बाँकेको गाभर भ्याली होमेस्टेमा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको हो । मंगलवारसम्म सञ्चालन हुने सम्मेलनको तयारी पूरा भएको आयोजकले शनिवार पत्रकार सम्मेलन गरी गराएका छन्।

एक राम्रो विश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल भएको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए।

सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै उनले स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे।

सम्मेलनमा १२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकासमन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ ।

लुम्बिनी प्रदेशको प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रश्तुत, प्यानल छलफल, सफलताका कथाहरुसहित ३ दिनको कार्यक्रम सञ्चालन हुनेछ ।

युवा साँस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना रहेको छ । सहभागी हुन आउने सम्पूर्ण युवाहरुले आफ्नो कला सँस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउबिजन समेत ल्याइ प्रदर्शन गर्ने भएका छन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !